नेपाल आयल निगमले घटायो पेट्रोल र डिजेलको भाउ

नेपाल आयल निगमले घटायो पेट्रोल र डिजेलको भाउ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  मंसिर ३० गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३।०७ र रू ३।१६ ले घटाएर निगमलाई पठाएको थियो । 

समायोजन पश्चात् काठमाडौँमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।