अर्थमन्त्रीको दाबी– मैले मन्त्रालय सम्हालेपछि अर्थतन्त्र ठीक हुँदै गएको छ

अर्थमन्त्रीको दाबी– मैले मन्त्रालय सम्हालेपछि अर्थतन्त्र ठीक हुँदै गएको छ

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक अवस्था ठीक हुँदै गएको दाबी गरेका छन् । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले
मौद्रिक नीति समीक्षामार्फत अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सहयोग मिलेको बताएका छन् ।

उनले भने, ‘यो लामो प्रयासपछि भएको हो । नेपालको अर्थतन्त्र ठीक छैन र अप्ठ्यारो छ भन्ने अहिले हटेको छ । पूँजीगत खर्च ६ प्रतिशले बढेको छ । समग्रमा ४ प्रतिशत राजस्व संकलनमा सुधार भएको छ । बैंकहरूले व्याज घटाउँदै गएका छन् । शेयर बढ्दै गएको छ । भने, जग्गाको कारोबार पनि बढेको छ ।’

जनतालाई राहत पुग्नेगरी सहयोग लिने गरी विदेशी सहयोग नीतिका लागि काम अगाडि बढेको महतको भनाइ छ । लगानी सम्मेलनअघि लगानीको वातावरणमा वाधकको खोजी गरी समाधानको उपाय अवलम्वन गरिने अर्थमन्त्रीले बताए ।