शेयर बजारको उछाल एक दिन पनि टिकेन, सोमबार दोहोरो अंकको गिरावट

शेयर बजारको उछाल एक दिन पनि टिकेन, सोमबार दोहोरो अंकको गिरावट

काठमाडौँ – हिजो आइतवार उच्च अङ्कले बढेर सर्किट लागेको शेयर बजार आज सोमवार भने घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज निर्जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, व्यापार, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज १ करोड ८६ लाख कित्ता शेयर ४ अर्ब ८४ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २५ करोड रुपैयाँको शेयर किनबेच भयो ।