इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाको आवेदन

इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाको आवेदन

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा  इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उनले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताए । 

मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ  युद्धको अवस्था रहेको बताए । उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको निधन भएको जानकारी गराए । 

४ जनाको उपचार भइरहेको र एकजनाको अवस्था पहिचान नभएको उनको भनाइ छ । यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेका हरूलाई बंकरमा राख्ने व्यवस्था गरिएको जानकारी गराए । त्यहाँ रहेका नेपालीको सुरक्षा,उद्धारका लागि इजरायल सरकारसँग समन्वय गरेको र दूतावासलाई सक्रिय बनाइएको बताए । 

मन्त्री साउदले परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकेर स्वदेश फर्कन चाहनेको विवरण संकलन गरेको बताए । नेपालस्थित इजरायलका राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउनका लागि सहजीकरणको लागि आग्रह गरेको पनि  साउदले जानकारी गराए । राजदूतले तेल अबिबको विमानस्थल सञ्चालन भइरहेकोले उद्धारका लागि सहज अवस्था रहेको जानकारी गराए समितिमा बताए । 

राजदूतले परिस्थिति इजरायल सर कारको नियन्त्रणमा आइसकेको र स्वदेश फर्कन चाहनेका लागि समन्वय गर्ने बत्ताएको परराष्ट्रमन्त्रीले जानकारी गराए ।