कहिले देखि खुल्दै छ दसैंका लागि अग्रिम टिकट बुकिङ्ग?

कहिले देखि खुल्दै छ दसैंका लागि अग्रिम टिकट बुकिङ्ग?

काठमाडौँ । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । 

अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाल जानकारी दिए । 

‘आज बसेको पहिलो बैठकले अग्रिम टिकट बुकिङ खुल्लाको निर्णय गरेको छ । थप यातायात व्यवस्थालाई सहज र व्यवस्थित बनाउने सन्दर्भमा पुनः सरोकारवाला निकायहरुसँग अहिले बैठक बस्दैछौं’ सिटौलाले भने ।

सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य हुँदै गरेको उनले जानकारी दिए ।