शेयर कारोबार समिक्षा : यो साता परिसूचक र कारोबार रकम दुवै बढ्यो

शेयर कारोबार समिक्षा : यो साता परिसूचक र कारोबार रकम दुवै बढ्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७४ अंकको सुधार आएको छ । गत साताको विहीबार १९३२ अंकमा पुगेर थामिएको नेप्से यो साता निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो । सातामा ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक आइतबार १०.२३ अंकले बढेर बन्द भएको थियो । यसबाहेक, सोमबार ४४ अंकले बढेको थियो भने मंगलबार १९ अंक घटेर बन्द भएको थियो । यस्तै, अन्तिम कारोबार दिन बुधबार ३९ अंकले बढेर २००७ अंकमा पुगेर रोकिएको हो ।

यो साता नेप्सेमा ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन, प्रतिकारोबार दिन औषतमा १ अर्ब ५० करोड रुपैयाँ हुन आउँछ । साताको अन्तिम कारोबार दिन विहीबार भने सार्वजनिक विदा परेकाले कारोबार भएन ।

यो साता नेप्सेमा ४ करोड कित्ता सेयर सूचीकृत भएको छ भने शुभ्म पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।