अष्ट्रेलिया र बेलायतबाट फर्किदैं छन् नेम्वाङका दुई छोरा

अष्ट्रेलिया र बेलायतबाट फर्किदैं छन् नेम्वाङका दुई छोरा

काठमाडौं । सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ । उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो ।

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन् । उनी सपरिवार बेलायत बस्दै आएका छन् । १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए ।

 नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन् । एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका मंगलबार ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ ।

नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो ।