ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलहरुले बहस गर्दै

ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलहरुले बहस गर्दै

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ ।  जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।

अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।