राप्रपा लाग्यो सत्ता गठबन्धनतिर, रास्वपा कता ?

राप्रपा लाग्यो सत्ता गठबन्धनतिर, रास्वपा कता ?

काठमाडौँ । संसदीय समितिको नेतृत्वका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धनबाट भाग पाएको छ। यसअघि माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपाले पाएको हो।

समितिको सभापतिमा राप्रपा सांसद दीपक सिंहले उम्मेदवारी दिएका छन्। उनले सत्ता गठबन्धन दलका अरू उम्मेदवारसँगै गएर उम्मेदवारी दर्ता गरेका छन्।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने भागबन्डा हिस्सा पाएन। अरू दलहरूले आफूलाई भाग नदिएपछि एउटा समितिमा रास्वपाले छुट्टै उम्मेदवारी दर्ता गरेको छ।  

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति काठमाडौं–७ बाट निर्वाचित रास्वपा सांसद गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन्।