राप्रपालाई संसदीय सुनुवाइ विशेष समितिको सभापति दिने गठबन्धनको निर्णय

राप्रपालाई संसदीय सुनुवाइ विशेष समितिको सभापति दिने गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको छ । राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने मोटामोटी सहमति भएको बताए । 

समितिमा राप्रपाबाट राणाको एकल उपस्थिति रहेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो ।  कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिबाहेका समितिको सभापतिमा मात्रै उम्मेदवार टुंग्याएको छ ।

कांग्रेसबाट संसदीय सुनुवाइ समितिको उम्मेदवारको रुपमा सांसद जीवन परियारको नाम चर्चामा थियो । तर, उनले आफू सभापतिको उम्मेदवार नरहेको बताए ।