स्याउको मूल्य : डोल्पामा प्रतिकिलो रु. ३० काठमाडौंमा ३५०

स्याउको मूल्य : डोल्पामा प्रतिकिलो रु. ३० काठमाडौंमा ३५०

काठमाडौं । डोल्पा त्रिपरासुन्दरी नगरपालिका–रंगका किसानले प्रतिकिलो ३० रुपैंयामा स्याउ बेचिरहेका छन् । सिजनमा बजार नपाउने डरले उनीहरुले साउनमा नै सस्तो मूल्यमा क्विन्ट-किवन्टल स्याउ बेचिरहेका छन् । असोजमा भारतीय बजारको स्याउ आयात हुने भएकाले स्याउ कुहिएर फाल्नुभन्दा थौरै  पैसा मै बेच्नु उपयुक्त भएको कृषकहरुको गूनासो छ । 

राजधानीमा प्रतिकिलो रु.३५० मा विग्छ स्याउ
कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक अनुसार उपत्यकामा प्रतिकिलो ३ सय ५० का दरले स्याउ बिक्रिबितरण भइरहेको छ । राजधानीमा महँगो मूल्यमा स्याउको कारोबार भइरहँदा कृषकहरुले भने उचित मूल्य पाउन सकेका छैन । बजारमा बिचौलिया हावी भएर कृषक मर्कामा परिरहेको बेला सरकार मुकदर्शक भएर बस्नु बिडम्बनापूर्ण छ ।