महँगियो इन्जिनियरिङ शिक्षा : २३५ प्रतिशतले शुल्क वृद्धि, कुन विषयमा कति ?

महँगियो इन्जिनियरिङ शिक्षा : २३५ प्रतिशतले शुल्क वृद्धि, कुन विषयमा कति ?

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्क बढाएको छ । इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको बैठकले चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।

संस्थानको कार्यान्वयन समितिको बैठक साउन २५ गते बसेको थियो। नयाँ शुल्क अनुसार अब पूर्ण शुल्कीय तर्फ चार वर्षको ७ लाख ७५ हजार ४२० रुपैयाँ तोकिएको छ । त्यस्तै नियमित तर्फ ८२ हजार ७२० रुपैयाँ पुर्याइएको छ । यसअघि नियमित तर्फको ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । भने पूर्ण शुल्कीय तर्फ ३ लाख ३० हजार रुपैयाँ थियो। अहिले आएर संस्थानले २३५ प्रतिशतले शुल्क बढाइएको हो ।  

आईओईका डीन प्राडा शसिधर राम जोशीले लामो समयदेखि शुल्क नढाइएकाले अहिले बढाएको बताए । शुल्क बढाउने विषयमा सुशिल ब्रर्जाचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले आईओई अन्तर्गतका ५ वटै आंगिक क्याम्पसमा अध्ययन गरेको थियो। उक्त समितिले शुल्क बढाउन सिफारिस गरेको थियो । यसअघि २०५३ सालमा उक्त शुल्क तोकिएको थियो। त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो। त्रिभुवन विश्वविद्यालयले संस्थानलाई बजेट दिन नसकिने बताउँदै आएको छ । जसले गर्दा हालको शुल्कमा विद्यार्थीलाई पढाउन सकिने अवस्था नरहेपछि बढाइएको संस्थानले जनाएको छ ।

संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेज, पूर्वाञ्चल कलेज, पश्चिमाञ्चल कलेज, थापाथली कलेज र चितवन कलेज गरेर ५ वटा आंगिक कलेजहरू छन्। त्रिविसँग सम्बन्धन लिएर १० वटा निजी कलेजहरूले इन्जिनियरिङ तर्फका स्नातक तह र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।