ए डिभिजन लिगमा जाउलाखेललाई हराउँदै मच्छिन्द्र क्लब शीर्ष स्थानमा

ए डिभिजन लिगमा जाउलाखेललाई हराउँदै मच्छिन्द्र क्लब शीर्ष स्थानमा

काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले चौथो जित निकालेको छ । जितसँगै मच्छिन्द्र केही छिनका लागि भएपछि लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई एक शून्यले हरायो । स्टार खेलाडीले भरिएको मच्छिन्द्रविरुद्ध खेलको १० औँ मिनेटमा जाउलाखेलका हरि कठायतले उत्कृष्ट मौका खेर फाले ।

जितसँगै मच्छिन्द्रले ६ खेलमा १३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । जाउलाखेलको ६ खेलमा नौ अंक रहेको छ । जारी लिगमा जाउलाखेलको यो पहिलो हार हो । अब हुने दोस्रो खेलमा यदि मनाङ बराबरीमा रोकिएमा वा पराजित भएमा मच्छिन्द्र शीर्ष स्थानमा यथावत हुनेछ ।