तपाईंको दिन शुभ कि अशुभ ?  हेर्नुहोस् आजको राशिफल

तपाईंको दिन शुभ कि अशुभ ?  हेर्नुहोस् आजको राशिफल

आजको राशिफल 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सानातिना समस्यामा अल्झनुपर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वाहन र भूमिबाट लाभ पनि रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि  अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । 

मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
आज शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य, बढ्ने सङ्केत छ । 

कुम्भ ( गु, गे, गो, सो, सि, सु, से, सो, दा )
रोकिएको काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाईएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ र यात्रा पनि होला ।

मीन ( दिु, दु, थ, झ, ञ, दे, दो, चा, चि ) 
शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ । 

राशीफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । 
–ज्यो.प.नारायणप्रसाद दुलाल