सुनचाँदीको मूल्य वृद्धि, प्रतितोला कति ?

सुनचाँदीको मूल्य वृद्धि, प्रतितोला कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।  शुक्रबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयालेँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।