एमालेका युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’सरह पनि छैन : महामन्त्री शर्मा

एमालेका युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’सरह पनि छैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेकपा एमालेका युवा नेताको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’सरह पनि नभएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

कांग्रेसका युवाले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरेको उनले उल्लेख गरे । तर, एमालेका युवामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको उनको भनाइ छ ।

उनले एमालेका युवालाई पनि संसदीय दलको निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिए । एमालेका युवा नेताबाट ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ आफूले पाएको उनले सुनाए ।

अब कांग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरूले पार्टीका बैठकहरू लाइभ गर्ने जिकिर उनले गरे । महामन्त्री शर्माले कांग्रेसले ०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने बताए । तर, सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने उनले उल्लेख गरे ।