नेपाली आतिथ्यतामा जापानी व्यञ्जन पस्कदै होक्काइडो रामेन हाउस रेस्टुरेन्ट

नेपाली आतिथ्यतामा जापानी व्यञ्जन पस्कदै होक्काइडो रामेन हाउस रेस्टुरेन्ट

काठमाडौं । सुशी, ओकोनोमियाकी, मिसो तह, याकिटोरी, ताकोयाकी । यी जापानी व्यञ्जन हुन् । खानपानको विशिष्ट स्वादले जापानी परिकार विश्वमा छाएको छ । यही स्वाद नेपाली चुलोमा पनि भित्रिसकेको छ । त्यसैमध्येको एक हो, होक्काइडो रामेन हाउस रेस्टुरेन्ट

काठमाडौंको बुढानीलकण्ठमा हालसालै जापानी स्वादको रिसोर्ट सञ्चालनमा आएको छ ।  शान्त अनि सौम्य वातावरणमा रम्न चाहनेहरुका लागि यो एक काइदाको गन्तव्य हुनसक्छ, जापानी स्वादमा रमाउनेहरुका लागि झन भन्नै परेन । त्यहाँको आतिथ्य साँच्चै आत्मीय र अनुपम छ ।

जापानिज र नेपाली मौलिक खानाको स्वाद यहाँको अर्को आकर्षण भएको होक्काइडो रामेन हाउस रेस्टुरेन्टका अध्यक्ष अर्जुन अधिकारी बताउँछन् ।  उनका अनुसार यो परिकार नेपालका अन्य रेस्टुरेन्टमा पाइँदैन । बेन्त्वबक्स काठमाडौंका डिपार्टमेन्ट स्टोरहरुलाई पनि सप्लाई गर्ने योजना रहेको अधिकारीले सुनाए ।

अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका अधिकारी किशोर अवस्थामा हुँदा नै सन् १९९५ तिर  हस्पिटालिटी क्षेत्रमा सरिक भएका हुन् । पोखरामा बुवा ढुण्डीराज अधिकरी र दाजु अमृत अधिकारीले सुरु गरेको होटल व्यवसायमा अर्जुनले मार्केटिङको जिम्मेवारी लिएर काठमाडौं छिरेका थिए । त्यहीबेला उनले एउटा म्यागेजिनमा संसारको सबैभन्दा उत्तम सेवा र जापानमा पाइने कुरा पढे । त्यसपछि उनी सन् २००१ मा जापान पुगे । पाँच वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरे । त्यसपछि आफ्नै व्यवसाय थालेका अधिकारीले अहिलेसम्म जापानको हुक्काइदो सहरमा ‘बिस्तारै बिस्तारै’ नामका १० रेस्टुरेन्ट स्थापना गरिसकेका छन् ।

होक्काइडो रामेन हाउस रेस्टुरेन्टका विशेषता

बस्नका लागि टेन्ट
घना जंगलको किनारमा दुई बेडसहित तीनवटा आरामदायी डेक्काइडो टेन्टहाउस, होक्काइदो टेन्टहाउस र लाङटाङ टेन्टहाउस देक्काइदो ओनसेनले व्यवस्था गरेको छ । ती जंगलको रमणीय वातावरणमा निदाउन सकिने गरी निर्माण गरिएका छन् । टेन्ट प्रकृतिको बीचमा भएकाले एक रात भए पनि स्वच्छ र ताजा हावामा सास फेर्न पाउनु यहाँको अर्को फाइदा हो ।

पिकनिक, बार्बीक्यू र रात्रिभोज
दुई सय भन्दा बढी मानिसलाई सेवा प्रवाह गर्नसक्ने गरी ओनसेनले आफ्नो क्षमता बनाएको छ । मझौलाखाले पार्टी, भोज, पिकनिक, ब्रतबन्ध, पास्नी, बर्थडे उत्सवहरु मनाउन राजधानीसँगै जोडिएको देक्काइदो ओनसेन रिसोर्ट सबैको रोजाइ बन्न सक्छ । साना समूहका भोजनका लागि उपयुक्त तीनवटा सुन्दर कटेज (होक्काइडो कटेज, लाङ्टाङ कटेज र शिवपुरी कटेज)ले राजधानीदेखि पर पुग्नुपर्ने आवश्यकताको पूर्ति गर्ने विश्वास रिसोर्टको छ । बार्बीक्यू वा साँझको पार्टी यो रमणीय प्राकृतिक स्थलमा आनन्ददायी बनाउने प्रबन्ध रिसोर्टले मिलाएको छ ।

बैठक, गोष्ठी र सम्मेलन गर्न सकिने
रिसोर्टले फुटकर रुपमा आउने पाहुना मात्र होइन, औपचारिक र अनौपचारिक बैठक, गोष्ठी, सम्मेलन आयोजना गर्नका लागि पनि व्यवस्था मिलाएको छ । पूर्ण प्राविधिक सहयोग, स्वादिला र स्वस्थ्यकर जापानी र नेपाली परिकार, भित्री र बाहिरी ठाउँको व्यवस्था चुस्त रुपमा गरिएको छ । रिसोर्टले विशेष तालिमप्राप्त दक्ष कर्मचारीमार्फत आत्मीय व्यवहारसहितको सेवा विस्तार गरेको छ ।

सुटिङ स्थल
झट्ट हेर्दा कुनै फिल्ममा देखिने सुन्दर संरचनाजस्तो लाग्छ, देक्काइदो रिसोर्ट । जहाँ मानिसको मन नलोभिने कुरै भएन । पछिल्लो समय यो रिसोर्ट भिडियो छायांकन गर्ने, टिकटक बनाउनेहरुको रोजाइमा परेको छ ।

देक्काइदो रिसोर्ट ओनसेनले सुटिङ स्थलका रुपमा पनि तयार पारेको छ । यहाँ म्युजिक भिडियो, फिल्म, व्यावसायिक विज्ञापनहरु पनि छायांकन गर्न सकिन्छ ।