बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो ।

यसअघि ४ साउनका दिन सुनको मूल्यले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो । आज सोही मूल्यको नजिक पुगेको छ । बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो ।

आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा भइरहेको छ । चाँदीको मूल्य समेत आज बढेर १ हजार ४९० पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ रहेको थियो ।