आज सुनको मूल्य बढ्यो चाँढीको घट्यो

आज सुनको मूल्य बढ्यो चाँढीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैंया बढेको हो । त्यस्तै आज चाँदीको मूल्य घटेको छ । महासंघकाअनुसार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार २००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँ तेजावी सुनको कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १४ सय ६० रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।