प्रिमियर लिगमा आज लिभरपूल र टोटनह्याम बिच भिड्न्त

प्रिमियर लिगमा आज लिभरपूल र टोटनह्याम बिच भिड्न्त

एजेन्सी : प्रिमियर लिग अन्तरगत आज लिभरपूल र टोटनह्याम बिच खेल हुने भएको छ । जारी सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेको टोटनह्यामले यो सिजनकै उत्कृष्ट टोली लिभरपूलको सामना गर्दै छ । र्शिष स्थानमा रहेको लिभरपूलले जारी सिजिनमा एक खेल पनि हारेको छैन ।

टोटनह्यामको घरेलु मैदानमा हुने भएको खेल, नेपाली समय अनुसार राती ११:१५ देखी सुरु हुने छ । लागातार दुई खेलमा जित निकाल्न नसकेको टोटनह्याम यो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिभरपूललाई लिगको पहिलो हार दिने पक्षमा रहेको छ । लिभरपूल भने आफनो अपाराजित यात्रालाई कायमै राखन चाहान्छ । र्शिष स्थानमा रहेको लिभरपूलको ५८ अंक छ भने ७ औं स्थानमा रहेको टोटनह्यामको २१ खेलबाट ३० अंक मात्र रहेको छ । टोटनह्यामले आजको खेलमा जित हात पारे उ ५ औं स्थानमा उक्लिने छ ।