मेनपावर व्यवसायीले गरे अध्यागमन विभाग घेराउ, महानिर्देशकको राजीनामा माग

मेनपावर व्यवसायीले गरे अध्यागमन विभाग घेराउ, महानिर्देशकको राजीनामा माग

काठमाडौँ । वैदेशिक रोजगारीमा जान लागेका कामदारहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् । 

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो । कागजात शंकाष्पद रहेको कारण देखाउँदै अध्यागमनले कामदारहरुलाई प्रस्थान अनुमति दिएको थिएन । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।