संसदका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि

संसदका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भोलिदेखि संघीय संसद अधिवेशन सुरु हुने भएपछि आज  सांसद तथा कर्मचारीहरुमा कोरोना परीक्षण सुरु गरिएको थियो । 

परिक्षणका क्रममा संसदका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । विहान ११ बजदेखि कोरोनाको एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा दुई जनामा पोजेटिभ देखिएको परीक्षण टिम संयोजक भोला अधिकारीले जानकारी दिए । 

​सांसद, कर्मचारी र सुरक्षाकर्मीसहित हालसम्म करिब ३०० जनाको परीक्षण भएको छ । आज र भोलि दुई दिनमा करिब ९०० जनाको कोभिड परीक्षण गरिने उनले जानकारी दिए । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट परिचालन भएको स्वास्थ्यकर्मीहरूको टोलीले आज एन्टीजेन विधिबाट कोभिड परीक्षण गरिरहेका छन् ।