बार्सिलोना माथि एट्लेटिको मड्रिडको सान्दार जित

बार्सिलोना माथि एट्लेटिको मड्रिडको सान्दार जित

एजेन्सी : स्पेनिस सुपर कप अन्तरगत गए राति भएको खेलमा मेस्सीको बार्सिलोनाले हार बेहरनु परेको छ । स्पेनिस सुपर कपको सेमीफाइनलको दोस्रो लेगमा बार्सिलोना एट्लेटिको मड्रिड संग ३-२ को गोल अन्तरले सेमीफइनलान पराजित हुन पुगेको छ । यो संगै फाइनलमा एट्लेटिको मड्रिड र रियल मड्रिड बिड्ने भएका छन्।

यस अघिनै भएको सेमीफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले २-२ गोलको बराबरी खेलेका थिए । साउदी अरेबियामा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा पहिलो हाफमा दुबै टोलिले निकै प्रयास गर्दा पनि कुनै गोल गर्न सकेका थिएनन् । तर दोस्रो हाफमा एक मिनेट पनि बित्न नपायदै ४६ औं मिनेटमा एट्लेटिको मड्रिडले कोकेको गोल मार्फत १-० को अग्रता लिएको थियो ।

तर एट्लेटिको मड्रिड यो अग्रता धेरै बेर जोगाउन सकेन र मेस्सीले ५१ औं मिनेटमा बार्सिलोनाको लागी उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरिमा ल्याएकाका थिए । फेरी ६२ औं मिनेटमा बार्सिलोनाका लागी एन्टोअन ग्रिज्मानले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । यो अग्रता बार्सिलोनाले जोगाउने धेरै प्रयास गरे पनि जोगाउन सकेन र ८१ औं मिनेटमा एट्लेटिको मड्रिडको लागी एल्वारो मोराटाले गोल गर्दै खेल २-२ को बराबरिमा झारे र त्यसको ४ मिनेट पनि बित्न नपाउदै ८५ औ मिनेटमा फेरी एट्लेटिको मड्रिडले एन्जल कोरियाको सान्दार गोल मारर्फत खेलमा ३-१ को अग्रता बनायो । त्यस पछि निर्धारित समयसम्म बार्सिलोनाले कुन जवाफी गोल फर्काउन नसके पछि एट्लेटिको मड्रिडले बार्सिलोना माथि ३-२ को सान्दार जित निकालेको हो।