रंगशालामा झगडा गर्ने खेलाडीलाई ५ खेलसम्म प्रतिवन्ध, दश हजार रुपैयाँ जरिवाना

रंगशालामा झगडा गर्ने खेलाडीलाई ५ खेलसम्म प्रतिवन्ध, दश हजार रुपैयाँ जरिवाना

काठमाडौँः अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस २१ गते मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबको खेल सकिएपछि रंगशालामा झगडा गर्ने खेलाडीलाई कारबाही गरेको छ । एन्फाको अनुशासन समितिको बैठकले खेलाडी र दुबै टिमलाई प्रतिवन्ध र जरिवाना गरेको हो ।

अनुशासन समितिका अनुसार झगडा गर्ने खेलाडीहरु मनाङका जगजित श्रेष्ठलाई ५ खेलमा प्रतिवन्ध लगाइएको छ । श्रेष्ठलाई १० हजार रुपैयाँ जरिवाना पनि समितिले गरेको छ। यस्तै, मनाङकै अशोक बराललाई पनि ५ खेल प्रतिवन्ध र  १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

मछिन्द्रका दीपक राई, रन्जन विष्ट, देवेन्द्र तामाङ र विजय धिमाललाई समान २/२ खेल प्रतिवन्ध लगाइएको छ ।

समितिले मनाङका म्यानेजर शिव लामालाई लिगका अब बाँकी सबै खेलमा प्रतिवन्ध लगाएको छ । लामालाई १० हजार रुपैयाँ जरिवाना पनि समितिले गरेको छ ।

अनुशासन कायम राख्न नसकेको भन्दै समितिले दुबै टिमलाई ५०/५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।