राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले लगाए यस्तो आरोप

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले लगाए यस्तो आरोप

काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले विजयी लिङ्देनले १८४४ मत र पराजित थापाले १६१७ मत ल्याएको जानकारी दिए ।

राप्रपा नेपालको अध्यक्ष पदमा पराजित भएसँगै कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको टिप्पणी गरेका हुन् ।


उनले भनेका छन् ,'सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्‍टाले राजाको भलो होस् । हार्दिक शुभ-कामना।' उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै त्यसको भत्सर्ना गरेका छन् ।