काठमाडौं । गत कात्तिक १० गते सिंहदरवारभित्र गोली चलाउने राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ ।
घटनाको छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीका कारण गोली चलेको प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको हो ।
लापर्वाहीका कारण सिंहदरवारमा गोली चलाउने भारतीलाई नसियत दिइएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले जानकार दिए ।
भारतीले बोकेको पेस्तोल पड्किएको थियो । संसद सचिवालयको दुई नम्बर भवनमा पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा गोली निस्केर पड्किन पुगेको थियो ।
पेस्तोलबाट गोली चलेपनि भित्तामा लागेकाले कुनै मानवीय क्षति भएको थिएन ।