कोरोनाको नयाँ भेरियन्ट त्रास : अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोनाको नयाँ भेरियन्ट त्रास : अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण सुरु भएको समाचारहरु सार्वजनिक हुन थालेका छन् ।

छिमेकी मुलुका भारतमा पनि यो भाइरस देखापरेको समाचार छ । नेपाल भारत खुला सीमानाका कारण यो भारसको उच्च जोखिममा नेपाल रहेको छ । 

ओमिक्रोनको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले अफ्रिकी मुलुकका नागरिकहरूलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । उक्त भेरियन्टको रोकथामका लागि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ । 

अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ । 

ओमिक्रोन पहिलेको तुलनामा बढी शक्तिशाली र खतनार्क रहेको अनुसन्धानकर्ताहरुको भनाई छ ।