८ हजार ९ सयमा कोरोना परिक्षण गर्दा १५८ जनामा संक्रमण पृष्टि

८ हजार ९ सयमा कोरोना परिक्षण गर्दा १५८ जनामा संक्रमण पृष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ९ सय १८ जनामा गरिएको परिक्षणबाट १५८ जनामो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर गरिएको पीसीआर विधिबाट ६ हजार ६०४ जनामा र एन्टीजेट विधिबाट २ हजार ३१४ जनामा परिक्षण गरिएको थियो । 
योसँगै देशभर कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ । जसमा ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै सोही समयमा ३४२ जनाले कोरोना जितेका छन् । यो सँगै हालसम्म कोरोना निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३पुगेको छ ।

हाल ९८ जना क्वारेन्टाइनमा, १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशभर १ लाख २७ हजार ६११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।