नयाँ भेरियन्टको ओमिक्रोन भारतमा पनि फेला, नेपाल उच्च जोखिममा

नयाँ भेरियन्टको ओमिक्रोन भारतमा पनि फेला, नेपाल उच्च जोखिममा

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतमा पनि देखा परेको छ । तीव्र संक्रामक र घातक देखिएको यो भेरिएन्ट छिमेकी मुलुक भारतमा देखा परेपछि नेपालमा पनि थप त्रास सृजना गरेको छ ।

नेपाल भारत खुला सीमानाका कारण भारतमा देखिएको ओमिक्रोनबाट नेपाल उच्च जोखिममा रहेको छ । 

दक्षिण अफ्रिकामा पत्ता लागेर युरोपेली देश तथा हङकङ लगायत देशमा फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट भारतमा पनि फेला परेको हो ।
भारतमा नयाँ ओमिक्रोन देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय हवाइ उडानको समीक्षा गर्न र नियन्त्रणका लागि कडाइ गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

 यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै अहिले लगाइएका कोरोना विरुद्धको खोपले पनि काम नगर्ने अनुसन्धानविदहरु बताउँछन् । 

नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न मुलुकहरुमा देखिन थालिसकेको तथा त्यहाँको सुरक्षा व्यवस्थामा कडाई गरिएका समाचारहरु आएका छन् ।