कोरोना अपडेटः ३३२ नयाँ संक्रमित थपिए

कोरोना अपडेटः ३३२ नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ‘कोभिड–१९’ का ३३२ जना नयाँ संक्रमित फेला परेका छन् । 

देशभर ९ हजार ९२० जनाको कोभिड १९ परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही समयमा २३२ जना संक्रमण मुक्त भएका छन् ।

त्यसतै कोरोना संक्रमणका कारण एकै दिन ४ जनाले ज्यान गुमाएका छन् । 

हाल देशभर सक्रिय कोरोना संक्रमित ७ हजार ३६९ रहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ लाख ४७ हजार २६२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएको समेत मन्त्रालयले जनाएको छ।