युवकको मोवाइलमा ४६ युवतीको नग्न तस्वीर

युवकको मोवाइलमा ४६ युवतीको नग्न तस्वीर

काठमाडौं । सामाजिक सञ्जालमा नयाँ साथी बनाउने, कुराकानी गर्ने तथा प्रेममा पर्नेसम्मका घटनाहरु नयाँ होइनन् । तर सामाजिक सञ्जालको दुरुपयोग गर्दैै कसैलाई धम्की दिने, ब्लाकमेलिङ गर्ने काम पनि भइरहेको हुन्छ । यस्तै किशोरीलाई धम्क्याउने काठमाडौंबाट एक किशोर पक्राउ परेका छन् ।

किशोरीलाई नग्न तस्वीर पठाएर धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं भोटेबहालका २० वर्षीय लव खड्गी रहेका छन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममा नग्न तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्की दिने गरेका थिए । पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीका आधारमा खड्गीलाई प्रहरीले पक्राउ गरेको हो । 

साइबर ब्यूरोमा यस्ता खाले थुप्रै घटना आइरहेपनि उनको मोवाइल फरेन्सिक प्रयोगशालामा जाँच गर्दा उनको मोवाइलमा अन्य ४६ वटा युवतीको नग्न तस्वीर तथा भिडियो समेत फेला परेको हो ।

ती भिडियो तथा तस्वीरलाई तुरुन्तै जाँच गर्दा ती उनलाई तिनै किशोरीहरुले नै फोटो तथा भिडियो पठाएको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । उनले  केही आफ्नो पूर्वप्रेमिका भएको केहीले इन्स्टाग्राममा पठाएको स्वीकारेका छन् ।

प्रहरीका अनुसार खड्गी ‘ट्याटु आर्टिस्ट’ हुन्, वसन्तपुरमा उनको पसल छ । ट्याटु खोप्न आउने युवतीहरुको समेत नग्न तस्वीर र भिडियो मोबाइलबाट बरामद भएको अनुसन्धानमा संलग्न अधिकृतले बताए । 

पीडितमध्ये अधिकांश खड्गीको डरका कारण प्रहरी कहाँ नआएको हुनसक्ने अनुमान छ ।  प्रहरी सोधपुछका क्रममा उनले आफूले गल्ती गरेको स्वीकारेका छन् । त्यस्ता पीडित महिलाहरु सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।