जबरालाई महाभियोग लगाउनुपर्ने भन्दै सभामुख सापकोटालाई बारको ज्ञापनपत्र

जबरालाई महाभियोग लगाउनुपर्ने भन्दै सभामुख सापकोटालाई बारको ज्ञापनपत्र

काठमाडौ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनु पर्ने माग गर्दै नेपाल बार एसोसिएसनले आज सभामुख अग्नि प्रसाद सापकोटालाई भेट गरी ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा जबरालाई महाभियोग लगाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गरेको छ । 

दिउँसो २ बजे कानुन व्यवसायीहरुको एक टोली संसद्को सचिवालयमा पुगेर सभामुख सापकोटासँग भेट गरेका हुन् । उनीहरुलेउ प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्‍नबारे संसद्को ध्यानाकर्षण हुनुपर्ने माग गरेका छन् । 

भेटका क्रममा कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलनबारे चर्चा गरेका थिए ।