इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारीको तलब ३ करोड ६ लाख

इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारीको तलब ३ करोड ६ लाख

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले एक बर्षमा ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता बुझेका छन्। पोहोर पनि उनले यति नै बुझेका हुन्। यद्पी यो रकममा ३६ प्रतिशत कर भुक्तानी गर्नु पर्छ। यद्यपी उनको तलब सुविधा  तीन बर्षदेखि बृद्धि भएको छैन।

बैंकले मंसिर १७ गते बार्षिक साधारणसभा डाकेको छ। सभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, पाण्डेले तलब बापत एक करोड ६० लाख ७६ हजार रुपैयाँ बुझेका छन्।

भत्ता बापत एक करोड ७ लाख १७ हजार, दसैं भत्ता २२ लाख ३३ हजार, सञ्चय कोष सुविधा १६ लाख ८ हजार रुपैयाँ बुझेका हुन्।