नेपाल टेलिकममा २७० जनालाई जागिर खुल्यो, अनलाइन आवेदन दिन सकिने

नेपाल टेलिकममा २७० जनालाई जागिर खुल्यो, अनलाइन आवेदन दिन सकिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले २७० जना कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्म विभिन्न २० पदमा २७० जना कर्मचारीका लागि आवेदन माग गरेको हो । 

कम्पनीले शुक्रबार खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । एसएलसीदेखि माथी शैक्षिक योग्यता हुने नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । 

सूचना अनुसार उपप्रबन्धकमा टेलिकम तीन, लेखा एक र प्रशासन एक गरी पाँच जना भर्ना गर्ने भएको छ। आवेदन फर्म भर्नका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

सबैभन्दा बढी टेक्निसियन पदका लागि ५३ जना कर्मचारी माग गरिएको छ । त्यस्तै वरिष्ठ टेलिकम इन्जिनियर दुई जना, वरिष्ठ लेखा अधिकृत चार जना, वरिष्ठ प्रशासकीय अधिकृत दुई जनाका लागि समेत आवेदन दिन सकिनेछ ।

यसैगरी वरिष्ठ व्यापार अधिकृतमा एक जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर÷इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर नौ जना मागिएको छ । सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनाका लागि समेत टेलिकमले भर्ना गर्ने भएको छ ।