कोरोना अपडेट : २९९ जना नयाँ संक्रमित थपिए, ६ जनाको मृत्यु

कोरोना अपडेट : २९९ जना नयाँ संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार १५१ जनाको परीक्षणमा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साेही समयमा २ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ८९ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै सोही समयमा काठमाडौँमा ९०, भक्तपुरमा ५ र ललितपुरमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।