काराबो कप : म्यानचेस्टर सिटिको म्यानचेस्टर युनाइटेड माथि सान्दार जित

काराबो कप : म्यानचेस्टर सिटिको म्यानचेस्टर युनाइटेड माथि सान्दार जित

एजेन्सी : काराबो कप (इन्ग्लिश फुटबल लिग कप) अन्तरगत हिजो राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले नायाँ वर्षमा लगातार दोस्रो हार बेहोरेको छ । हिजो भएको म्यानचेस्टर डर्बीमा युनाइटेडलाई सिटीले उसकै घरेलु मैदानमा ३-१ गोल अन्तरले हराएको छ । यसले गर्दा युनाइटेडले २०२० मा एक खेल पनि जितन सकेको छैन।

काराबो कप अन्तरगत सेमीफाइनलको पहिलो लेगको खेलमा सिटिले उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेड माथि ३-१ को सान्दार जित निकालेको छ । सिटिले पहिलो हाफमै युनाइटेडमाथि गोलको वर्ष गरेको थियो । १७ औं मिनेटमै सिटिका लागी बर्नार्डो सिल्भाले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । फेरी पहिलो हाफको ३३ औं मिनेटमा रियाद मार्हेजले गोल गर्दै सिटिका लागी अग्रता दोबर पारे । ३८ औं मिनेटमा पेरेराले आत्माघाती गोल गर्दै सिटिलाई ३-० को अग्रता सोपेका थिए । त्यस पछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।

दोस्रो हाफमा युनाइटेडले सुधारिएको प्रदर्शन गर्दै ७० औं मिनेटमा मार्कस र्यासफोर्ड मार्फत गोल फर्कायो । त्यस पछि दोस्रो हाफमा कुनै गोल हुन सकेन र खेल ३-१ गोल अन्तरले सिटिले आफनो पक्षमा पारो । काराबो कप अन्तरगत सेमीफाइनलको दोस्रो लेगको खेल जनवरी ३० मा सिटीको घरेलु मैदानमा हुनेछ ।