बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थपिए

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार,  दुई मन्त्री थपिए

काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषदमा दुई सदस्य थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

थप गरिएका मन्त्रीहरुमा  नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामा रहेका छन् । नवनियुक्त मन्त्रीद्वयले आज नै पद तथा गोपनीयताको शपथ लिएका छन् । 

जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

अघि कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएकै दिन पाण्डेले तीन मन्त्री नियुक्त गरेका थिए । 

यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।