नियुक्त भएकाे १२ दिनपछि मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिँदै

नियुक्त भएकाे १२ दिनपछि  मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिँदै

हेटौडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोलि विस्वासको मत लिँदैछन् । 

गठबन्धनका तर्फबाट गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले भोलि ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । 
बहुमत जुटाउन नसकेपछि तत्कालिन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । 

पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ