सरकारले गरिबलाई १० हजार राहत दिने

सरकारले गरिबलाई १० हजार राहत दिने

काठमाडौं । सरकारले गरीब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद दिने भएको छ । 

बुधबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित गरीब तथा विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि जारी गरेको हो ।

सुरुमा महामारीका कारण प्रभावित विपन्न वर्ग÷परिवारको एकिन गर्ने, लगत संकलन गर्ने र स्थानीय तहमार्फत नगद हस्तान्तरण गरिने जनाएको छ ।

महामारीका कारण रोजगारी गुमाएका तथा आय आर्जनको बाटो बन्द भएको त्यसतै अनौपचारिक÷असंगठित क्षेत्रमा रहेका अतिविपन्न परिवारहरुको तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूर्तिका लागि सरकारले सो राहत रकम उपलब्ध गराउन लागेको हो । सरकारले राहत स्वरुप प्रतिपरिवार १० हजारका दरले नगद प्रदान गर्नेछ । 

 निर्देशिका अनुसार ७५३ वटा स्थानीय तहमा लागु हुने यो कार्यक्रममा सरकारी जागिरे तथा कुनैपनि सामाजिक सुरक्षामा आवद्ध परिवारले भने यो सुविधा प्राप्त गर्न सक्ने छैनन् ।