इटालियन सिरी एमा रोनाल्डोको पहिलो र एक मात्र ह्याट्रिक

इटालियन सिरी एमा रोनाल्डोको पहिलो र एक मात्र ह्याट्रिक

एजेन्सी : गएराती अन्तर्गत इटालियन सिरी एमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसंगै युभेन्ट्सले २०२० को पहिलो जित निकालेको छ । पहिलो जित निकालने कर्ममा युभेन्ट्सले काग्लियारीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

यो रोनाल्डोको इटालियन सिरी एमा पहिलो र एक मात्र ह्याट्रिक हो । रोनाल्डोले पहिलो हाफमा गोल गर्न नसके पनि दोस्रो हाफमा गोलको वर्ष नै गरेका थिए । रोनाल्डोले ४९ औ, ६७ औ र ८२ औं मिनेटमा गोल गर्दै आफनो ह्याट्रिक पुरा गरे ।

यो रोनाल्डोको किर्तिमानी ५६ औं ह्याट्रिक हो । रोनाल्डोको जति ह्याट्रिक अहिले संम मेस्सीले पनि गर्न सकेका छैनन् । तर रोनाल्डो युरोप को ३ वटा लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन, पहिलो खेलाडी एलेक्सिस सान्चेज हुन्। रोनाल्डोले अहिले संम चार देशबाट लिग फृटबल खेले पनि चारै वटा लिगमा ह्याट्रिक भने गर्न सकेन, यो उनको असफलता पनि मान सकिछ ।