काठमाडौं । प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री दावी पेश गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आह्वान गरेका छन् । उनले नयाँ सरकार गठनका लागि मंगलबार दिउँसो १ बजेसम्मका लागि मुख्यमन्त्री दावी पेश गर्न आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्रीमा नियुक्त गरिने प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संसदमा बहुमत नपुग्ने भएपछि एमालेका आचार्यले आजै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।