लुम्बिनी प्रदेश सभामा एमालेको नाराबाजी

लुम्बिनी प्रदेश सभामा एमालेको नाराबाजी

रुपन्देही । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा नाराबाजी गरेका छन् । 

बिहीबार बोलाइएको प्रदेशसभाको बैठकमा एमालेका सांसदहरूले नारावाजी गरेका हुन् । उनीहरुले  रोष्ट्रमअगाडि उभिएर आजको प्रतिनिधिसभा बैठक अवरोधमा गरेका हुन् । 

उनीहरुले स्वच्छचारिता मुर्दावाद, संसदीय सर्वोच्चता कायमभन्दै नारा लगाएका थिए ।  

माओवादी केन्द्रमा लागेर हाल मन्त्रीसमेत रहेका तत्कालीन एमाले सांसद अजय शाही र बिमाला वली खत्रीलाई निलम्बन नगरेको भन्दै नेकपा एमालेका सांसदहरुले संसद अवरोध गर्दै आएका छन् । उनीहरुले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भएदेखि संसद अवरोध गर्दै आएका छन् ।