नेपाली कांग्रेसको १४ औ महाधिवेशन मंसीर २७ गतेदेखि २९ गतेसम्म गर्ने प्रस्ताव

नेपाली कांग्रेसको १४ औ महाधिवेशन मंसीर २७ गतेदेखि २९ गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव निर्वाचन समितिले गरेको छ ।

यसअघि मंसिर ९ देखि १२ गतेसम्मका लागि १४औँ महाधिवेशनको मिति तोकिएकोमा तल्लो तहको अधिवेशनमा ढिलाइ भएपछि देउवाले मंगलबार कार्यतालिका संशोधन गर्न निर्देशन दिएका थिए । 

सोही निर्देशन बमोजिम निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने, प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।

पार्टीको १४ औं महाधिवेशनका लागि नेतृत्वलाई मिति प्रस्ताव गरेको भन्दै नेतृत्वबाट स्वीकृति आएपछि कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।