बागमती प्रदेशको ​नयाँ मुख्यमन्त्रीमा पाण्डेको दावी

बागमती प्रदेशको ​नयाँ मुख्यमन्त्रीमा पाण्डेको दावी

हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । 

विश्वासको मत जुटाउन नसकेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म  मुख्यमन्त्री पदका लागि दाबी पेश आह्वान गरेका थिए ।

पाण्डेले सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहित ५९ सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।