हेटौडा । वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् ।
विश्वासको मत नपाउने निश्चित भएपछि बुधबार उनले पदबाट राजीनामा दिएकी हुन् ।
जाँदा जाँदै प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताइन् । उनले प्रदेश बनाउन सबै मिलेर काम गर्ने बताएकी छिन् । उनले आफ्नो छोटो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् ।
गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यका विरुद्धमा विपक्षीले गठबन्धन बनाएपछि ७१ दिनमै पदबाट बाहिरिनु परेको हो ।