एमाले पालिका अधिबेशनः स्याङ्जाको नौ पालिकामा सर्वसम्मत नेतृत्व चयन

एमाले पालिका अधिबेशनः स्याङ्जाको नौ पालिकामा सर्वसम्मत नेतृत्व चयन

स्याङ्जा । नेकपा एमालेले स्याङ्जाको ११ मध्ये नौ पालिकामा सर्वसम्मत नेतृव चयन भएको छ । मंगलबार भएको प्रथम पालिका अधिबेशन मध्ये जिल्लाको फेदीखोला, आँधीखोला, हरिनास, अर्जुनचौपारी, कालीगण्डकी, बिरुवा गाउँपालिका, भिरकोट, गल्याङ र चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृव चयन भएको नेकपा एमाले स्याङ्जाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेले बताए  । 

नेकपा एमाले फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी, उपाध्यक्षमा दुर्गादत्त शर्मा, सचिवमा हर्क बहादुर कार्की, उपसचिवमा डिबी मिजार र चेतन शर्मा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी नेकपा एमाले आँधिखोला गाउँपालिकाको अध्यक्षमा सिंहबहादुर क्षेत्री, उपाध्यक्षमा लोकप्रसाद ढकाल, सचिवमा शिव प्रसाद पौडेल र उपसचिवमा भक्त बहादुर केसी र सिता नेपाली सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमाले हरिनास गाउँपालिकाको अध्यक्षमा खिम नारायण मानन्धर, उपाध्यक्षमा ओम प्रसाद सिग्देल, सचिवमा ईन्द्र रुचाल, उपसचिवमा पर्शुराम लम्साल र चिन्तामणी शर्मा सर्वसम्मत चयन भएका छन्। त्यसैगरी नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा मोहन बहादुर अधिकारी, उपाध्यक्षमा चक्र बहादुर गुरुङ, सचिवमा  टिकाराम खनाल, उपसचिवमा नारायण ढकाल सर्वसम्मत चयन  भएका छन्  ।

नेकपा एमाले कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा कृष्ण बहादुर लामिछाने, उपाध्यक्षमा ईन्द्र थापा मगर, सचिवमा एक नारायण न्यौपाने, उपसचिवमा सुलोचना पाण्डे र कृष्ण प्रसाद भट्टराई  सर्वसम्मत चयन  भएका छन्  ।

त्यसैगरी नेकपा एमाले बिरुवा गाँउपालिकाको अध्यक्षमा प्रकाश  थापा मगर, उपाध्यक्षमा कल्याण कुमार पोखरेल, सचिवमा गोपाल कोइराला, उपसचिवमा नबिन आले र सितलजङ केसी सर्वसम्मत चयन  भएका छन् । नेकपा एमाले भीरकोट नगरपालिकाको अध्यक्षमा विश्वनाथ अर्याल, उपाध्यक्षमा मिठु अधिकारी, सचिवमा गोकुल अधिकारी, उपसचिवमा पर्वत खाम्चामगर र केशरजङ अधिकारी सर्वसम्मत चयन  भएका छन् ।

त्यसैगरी नेकपा एमाले गल्याङ नगरपालिकाको अध्यक्षमा दान बहादुर थापा, उपाध्यक्षमा घनश्याम भट्टराई, सचिवमा राजेन्द्र खनाल, उपसचिवमा भेमला बराल र सशिकुमार बिक सर्वसम्मत चयन  भएका छन्  । नेकपा एमाले चापाकोट नगरपालिकाको अध्यक्षमा राजु कोइराला,  कमिटीको उपाध्यक्षमा शंकरभक्त भण्डारी, सचिवमा राजु भट्टराई, उपसचिवमा शेसकान्त भण्डारी र गोबर्धन पाठक निर्वाचित  भएका छन्  ।

पुतलीबजार र वालिङ नगरपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको नेकपा एमाले स्याङ्जाले जनाएको छ । पुतलीबजार नगरपालिकामा महेश पुरी, अमृत श्रेष्ठ, ओम खड्का, अशोक शर्मा, भरत गोदारलगायतले अध्यक्षमा दाबी गरेका छन् ।वालिङमा पुण्यप्रसाद अर्याल, शोभाकान्त पौडेल र यामकान्त खनालले नेतृत्वका लागि  दाबी गरेका छन् ।