सुकुम्बासी समस्या हल गर्न काम गरिरहेका छाैं : मन्त्री श्रेष्ठ

सुकुम्बासी समस्या हल गर्न काम गरिरहेका छाैं : मन्त्री श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुकुम्बासी समस्या चाँडै समाधान हुने बताएकी छिन् । 

भरतपुरमा आयोजित राष्ट्रिय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रदेशस्तरीय समीक्षा तथा कार्ययोजना निर्माणसम्बन्धी गोष्ठीमा सहभागी हुन पुगेकी मन्त्री श्रेष्ठले सुकुम्बासी समास्या समाधानका लागि तीव्र काम भइरहेको बताईन् ।

उनले लाजपूर्ज कहिले हातमा आउँछ भनेर नसोध्न आग्रह गर्दै तीव्र रुपमा काम भइरहेकाले चाँडो भन्दा चाँडो सुकुम्बासी समस्या समाधान हुने बताईन् । हाल संविधानमा उल्लेख भएअनुसारको लक्ष्य प्राप्तिको लागि काम भइरहेको पनि मन्त्री श्रेष्ठले बताईन् । 

नयाँ सरकार गठन भएसँगै आयोगका पदाधिकारी परिवर्तन हुने र काम जहाँको त्यही रहने पुरानो परिपाटीलाई मध्यनजर गरी यो पटक कुनै पनि पदाधिकारी परिवर्तन नगरिएको उल्लेख गरिन् ।

उनले विगतका कामको मूल्यांकन गरी समस्या समाधानमा जोड दिएको बताईन् । चाँडै नै परिणाममुखी काम हुने मन्त्री श्रेष्ठको धारणा छ ।