महाधिवेशनको कार्यतालिका संशोधन गर्न प्रधानमन्त्रीको निर्देशन

महाधिवेशनको कार्यतालिका संशोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको मितिमा नहुने भएपछि मिति संशोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् । सभापति देउवाले आगामी मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्देशन दिएका हुन् । 

मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूसँगको छलफलमा सभापति देउवाले निर्वाचन समितिलाई मंसीरभित्र नै महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन होमवर्क गर्न निर्देशन दिएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘महाधिवेशन मंसीरमा हुनुपर्छ, त्यसका लागि आवश्यक कार्यतालिका कसरी संशोधन गर्ने हो, त्यो अधिकार तपाइहरुमा छ । सोही अनुरुप होमवर्क गर्नुहोस् ।’ सभापतिले निर्देशन दिएका हुन् । 

नेपाली कांग्रेसले मंसिर ९ देखि १२ गतेसम्मका लागि १४औँ महाधिवेशनको मिति तोकेको थियो । तर तल्लो तहको अधिवेशनमा ढिलाइ भएपछि देउवाले कार्यतालिका संशोधन गर्न निर्देशन दिएका हुन् ।