काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगका विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।
चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले यस विषयमा सत्तारुढ गठन्धनमा केह्री्र छलफल नभएको स्पष्ट पारे । उनले भने, ‘हिजो मात्रै हामी तीन दलबीच छलफल भएको थियो, तर यस विषयमा केही कुरै उठेको छैन ।’
अध्यक्ष प्रचण्डले हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनमा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले न्यायालयमा देखिएको विवाद एक दुइ दिनमा समाधान होला । तर पनि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्न निकै सतर्क हुनुपर्छ ।’