डेल्टा भाइरस संक्रमण फैलिन थालेपछि चीनमा फेरि लकडाउन

डेल्टा भाइरस संक्रमण फैलिन थालेपछि चीनमा फेरि लकडाउन

एजेन्सी । कोरोनाभाईरस संक्रमण फैलिन थालेपछि छिमेकी मुलुक चीनमा फेरि लकडाउनको घोषणा गरिएको छ । चीनको गान्सु प्रान्तमा लकडाउनको घोषणा गरिएको हो । 

४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा भित्रभित्रैं कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारले नियन्त्रणका लागि मंगलबारबाट लकडाउनको घोषणा गरेको हो । 

लकडाउन गरिएपछि लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ । सो सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो समयमा कोभिडको नयाँ भेरिन्ट ‘डेल्टा भाईरस’ देखिएको हो । 

कोरोना संक्रमण फैलिएको भन्दै सरकारले यसै हप्ता आयोजना हुने हुन लागेको बेइजिङ म्याराथुन पनि स्थगित गरेको छ ।